कानून व्यवसायीलाई अश्लील गाली गर्ने ढकाल र श्रेष्ठ पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर ३, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ३, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई बिहीबार नेपाल बार एशोसिएसनको कार्यालयमा पुगेर अश्लील गाली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो । ढकाललाई बौद्धबाट र श्रेष्ठलाई मूलपानीबाट गएराति पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार उनीहरुले कानून व्यवसायीहरुलाई गरेको अभद्र व्यवहारबारे बयान लिने काम जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस