मुख्यमन्त्री पाण्डेको दुरगामी निर्णय: प्रदेशभरिका छोरीहरूलाई स्नातकोत्तरसम्म निःशुल्क शिक्षा

मंसिर ३,हेटौडा । नेकपा (एकीकृत समाजवादी)को नेतृत्वमा सरकार बनेसँगै बागमती सरकारले दुरगामी र महत्वपूर्ण निर्णय गर्न थालेको छ ।

प्रदेशको मन्त्रिपरिषद्को बैठकले सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी सामुदायिक क्याम्पसमा नै स्नातक र स्नातकोत्तर गर्न चाहने प्रदेशभरिका छोरीहरूलाई निःशुल्क पढाउने निर्णय गरेको छ। प्रदेशका छोरीहरूको पहुँच उच्च शिक्षामा पु¥याउन सामुदायिक विद्यालयबाट एसईई पास गरेका छोरीहरूलाई स्नातकोत्तर तहसम्म प्रदेश सरकारले पढाइदिने तयारी गरेको हो। उच्च शिक्षामा महिलाहरुलाई प्रोत्साहन गर्न यस्ते निर्णय गरिएको सरकारले जनाएको छ ।

पाण्डे नेतृत्वको बागमती सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशभरिका सीमान्तकृत र उत्पीडित वर्गका छोराछोरीले एसईईपछि प्राविधिक विषय पढ्न चाहे प्रदेश सरकारले पढाइदिने निर्णय गरेको थियो ।

छात्रालाई स्नातक र स्नातकोत्तर निशुल्क पढाउने योजनालाई चालु आर्थिक वर्षबाट नै लागू गर्ने गरी सरकारले कार्यविधि बनाउने काम भइरहेको सरकारका एक मन्त्रीले जानकारी दिए। त्यस्तै सरकारले प्रदेश सरकारबाट प्रवाह हुने सेवा सुविधाहरू सबै जिल्लाबाटै गर्न सक्ने गरी प्रत्येक जिल्लामा सरकारको कार्यालय खोल्ने पनि तयारी गरिएको छ। प्रदेश सरकारबाट हुने स–साना कामको लागि पनि अन्य जिल्लाबाट हेटौँडा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामै सरकारको कार्यालय खोल्ने तयारी छ।

सरकारले धादिङको विकट रुबीभ्याली गाउँपालिकाबाट सेवा लिन जिल्लाको सदरमुकामसम्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकामा नै इलाका कार्यालय खोल्न पहल गर्ने पनि बताएको छ।

रुबीभ्यालीका बासिन्दा प्रशासनिक तथा बैंकिङदेखि हरेक सेवा लिन १,२ दिन लगाएर जिल्लाको सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता छ। सो बाध्यताको अन्त्य गर्न सबै सेवालाई इलाका कार्यालयबाट गाउँमा प्रवाह गर्ने तयारी सरकारको छ ।

संम्बन्धित समचार

Leave a Reply