डिलाईट हाईटेक फर्निचर शोरुम सञ्चानमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर ३, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ३,काठमाडौँ । काठमाण्डौको माइतीघरमा अन्तर्राष्ट्रिय स्तरको डिलाईट हाईटेक फर्निचरको शोरुम सञ्चालनमा आउने भएको छ । शोरुममा बैक तथा वित्तिय संस्था, स्कुल तथा क्याम्पस, हस्पिटल, घरायसी प्रयोजनको उच्च स्तरीय र आकर्षक फर्निचर उपलब्ध गराउने कम्पनीले बताएको छ ।

गुणस्तरीय र आकर्षक फर्निचर शुलभ मुल्यमा उपलब्ध गराउने उदेश्यले शोरुम सञ्चालनमा ल्याएको कम्पनीको दावी छ । डिलाईट नेपालले सञ्चालन गर्ने शोरुमको शनिबार दिउँसो एक समारोहका बीच योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस