अन्र्तराष्ट्रिय बालदिवस: अभिभावकबिहिन बालबालिकाको व्यवस्थापन सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर ४, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ४, काठमाडौँ । आज अन्र्तराष्ट्रिय बाल दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदैछ । यस बर्षको दिवस कोरोनाका कारण पछिल्लो दुई बर्ष यता सिकाईमा पछि परेका बालबालिकालाई सहयोग गर्नेमा केन्द्रित छ । ‘बाल्यकालको कल्पना गरी हरेक बच्चाको लागि महामारीपछिको राम्रो संसार’ भन्ने नाराका साथ यसवर्ष बालअधिकार दिवस मनाउन लागिएको हो ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा राष्ट्रिय बालअधिकार परिषद्ले नेपालमा बाल अधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले सबै पालिकामा स्वयमसेवी समूह परिचालन गरी कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको बताए ।

परिषद्ले कोरोनाका कारण अभिभावक गुमाएका एक सय ६९ बालबालिकाको व्यवस्थापन सुरु गरेको छ । यी बालबालिकाको सरकारले अभिभावकत्व ग्रहण गर्ने नीतिअनुसार खोजी गरेको पनि उनले बताए। नेपालबाट हराएका कतिपय बालबालिकाका विदेशमा समेत भेटिएका छन् ।

बाल हेल्पलाइन सेवा र बालबालिका खोजतलास सेवाको विस्तार गरी राष्ट्रिय बाल संरक्षण प्रणाली मजबुत बनाउन जरुरी रहेको परिषद्ले जनाएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार स्थानीय बाल अधिकार समिति गठन आवश्यक भएको र पालिकालाई बजेट छुट्याउन समेत उनले आग्रह गरे ।

बालबालिकाको अधिकारको संरक्षण र सम्बर्धन गर्ने अन्र्तराष्ट्रिय रुपमा रहेको दस्ताबेज बालअधिकार महासन्धिलाई संयुक्त राष्ट्रसंघको बार्षिक महासभाबाट पारित भएको सम्झनामा दिवस मनाउने गरिन्छ । उक्त सन्धी सन् १९८९ को नोभेम्बर २० मा पारित गरिएको थियो ।

तिनभाग र ५४ धारा भएको उक्तमहासन्धिलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो । संयुक्त राष्ट्रिसंघ बाट नोभेम्बर २० मा बालअधिकार महासन्धि पारित गरेको संझनामा हरेक बर्ष नोभेम्बर २० लाई अन्र्तराष्ट्रिय बालदिवस मनाउने बारे संयुक्त राष्ट्रसंघको निर्णय बमोजिम दिवस मनाउन थालिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस