इन्द्रेणी मसरुम फार्मले आईपिओ निष्काशन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर ६, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ६, काठमाडौँ । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले आईपिओमा जाने प्रस्तावसहित आफ्नो ७ औ साधारणसभा आह्वान गरेको छ । पुँजी वृद्धीका लागि कम्पनीको ७ औ साधारणसभामा आइपिओ निष्काशनको प्रस्ताव गरिएको छ ।

कम्पनीले मंसिर १८ गते शनिबार संस्थाको फार्मस्थल, चित्लाङ्ग, मकवानपुरमा सभा आह्वान गरेको हो । सभामा संचालक समितिका तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को आर्थिक प्रतिवेदन पारित गर्ने , आ.व. २०७८/७९ को कार्यनिति तथा अनुमानित बजेट पारित गर्ने प्रस्ताव छ ।

यस्तै, आ.व. २०७८/७९ को लागि लेखा परिक्षकको नियुक्ति र पारिक्षमिक निर्धारण गर्ने, साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न सदस्यको तर्फबाट एक जना प्रतिनिधि चयन गर्ने , लेखा समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गर्ने, आईपिओमा जाने सम्बन्धमा प्रस्ताव पारित गर्ने, थप जग्गा खरिद गर्ने , महिला र खुल्ला संचालक निर्वाचन गर्ने र प्रबन्धपत्र संसोधन गर्ने सम्बन्धमा (संचालक थप र शेयर पूँजी वृद्धि गर्ने) लगायतका प्रस्ताव पेश हुने छन् ।

यस कम्पनीले चित्लाङ्गमा च्याउ उत्पादन गर्नुका साथै रिसोर्ट पनि संचालन गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस