हेलम्बुको झाक्रिटोलमा आगलागी, तीन बालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर ७, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस