एमाले स्थायी कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ मंसिर ७, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ७, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ननेछ ।

बैठकमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशन प्रतिनिधि मनोनितबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । एमालेले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधि मनोनित गर्दैछ ।

यसअघि हिजोका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस