विश्वकप छनोटः नेपाल र भुटान भिड्दै

मंसिर ७, काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज (मंगलबार) भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समय अनुसार दिउसो ३:१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा हार व्यहोरेको नेपाल भुटानविरुद्ध मैदान उत्रदा पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको थियो । नेपाललाई हङकङले ६ विकेटले हराएको थियो ।

भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।

छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

छनोट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने छ ।

संम्बन्धित समचार

Leave a Reply