बाघको छालासहित दुई जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ मंसिर ७, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ७,दाङ । प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका ६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका ५ रानिजरुवाका ३१ वर्षीय महेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पश्चिमबाट पूर्व जाँदै गरेको रा ३ प २६६ नम्बरको मोटरसाइकल जाँच गर्दा झोलाभित्र लुकाएको अवस्थामा बाघको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनीहरूको साथबाट आठ फिट दुई इन्च लम्बाइ र एक फिट आठ इन्च चौडाइ भएको बाघको छाला एक थान, सिल्भर रङको रेड्मी नोट, सादा मोबाइल एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस