एमाले वरिष्ठ उपाध्यक्षमा नेम्वाङको उम्मेदवारी घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर ७, मंगलबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाडौं । नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ ।

अहिलेसम्म साथीहरुको सल्लाह वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुपर्छ भन्ने छ । अव साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिने नेम्वाङले बताए । यसअघि एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

एमाले अध्यक्ष ओली यसपटकको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा भएपनि आकांक्षीहरु धेरै हुँदा ओली समुहका नेताहरुलाई व्यवस्थापन गर्न नै सकस पर्ने देखिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस