अन्तर्राष्ट्रिय समुदायहरुले पठायो अफगानिस्तानमा मानवीय सहायता सहयोग

मंसिर ७, काठमाडौं । अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउन थालेको छ । मुख्यगरी अफगानिस्तानमा खाद्यान्न, लत्ताकपडा र औषधि पठाउन थालिएको हो ।

इरानले अफगानिस्तानलाई पठाएको मानवीय सहायता सामग्रीको पहिलो खेप पूर्वी अफगान प्रान्त नान्गाहार पुगेको प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले बताएका छन् ।

इरान सरकारले अफगानिस्तानका नागरिकका लागि जाडो मौसममा आवश्यक न्यानो कपडा पठाएको छ । चीनले पनि अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ । एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीलाई उदृत गरी समाचार संस्था सिह्वाले जनाएको छ ।

अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेपछि त्यहाँका नागरिक समस्यामा परेका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply