महामन्त्री पूर्णबहादुर खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

मंसिर ७, सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गृहजिल्ला सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।

खड्काले मंगलबार खुला पुरुषतर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् ।

पार्टीको केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएको उनले बताएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ बाट २५ जना महाधिवेशन प्रतिनिधिमा पठाउनुपर्नेमा महामन्त्री खड्का सहित ३६ जनाको उम्मेदवारी परेको छ । खड्का लामो समयदेखि प्रतिनिधिसभामा यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply