पूर्व-पश्चिम राजमार्ग बन्द गरेर एमालेको १० औँ महाधिवेशन उद्घाटन हुने

मंसिर ८, काठमाण्डौ । नेकपा एमालेको १० औँ महाधिवेशनका चितवनमा हुने भएको छ । नारागणगढको नारायणी किनारमा पर्सि एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन हुँदैछ ।

काठमाण्डौसँग जोडिएको मुख्य सडकखण्ड भएकाले महाधिवेशनका क्रममा यो सडकखण्डमा गाडीको आवागमन प्रभावित हुने भएको छ । यसैलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न तयारी थालिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार पर्सि नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य शहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म गाडी रोकेर मानिसलाई मात्रै हिँडडुल गर्ने व्यवस्था मिलाइने छ । पूर्वबाट आउने गाडीलाई भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिने छ भने पश्चिमबाट आउने गाडीलाई गैँडाकोटमै रोक्ने तयारी छ ।

मुग्लिन हुँदै काठमाण्डौ, पोखराबाट आएका गाडी बजार भन्दा पर आँपटारीमा रोकिने छन् । यस्तै, पश्चिम चितवनबाट छुटेका गाडीलाई भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिने छ । महाधिवेशनका लागि पुगेका गाडी पनि त्यहीँ रोकिने छन् । महाधिवेशनका लागि सहभागीहरु दुईदेखि चार किलोमिटरसम्म हिँडेर उद्घाटनस्थल नारायणी किनार पुग्नु पर्ने हुन्छ । उद्घाटनस्थलसम्म जान नपाउनेका लागि ठाउँ–ठाउँमा डिजिटल डिस्प्ले बोर्ड राखिने छ ।

यस्तै, महाधिवेशनको उद्घाटनको दिन पर्सि बजार क्षेत्रमा अत्यावश्यक सेवाका गाडी पनि सञ्चालन गर्न कठिनाई हुने अनुमान गरिएको छ । अत्यावश्यक सेवाका गाडीलाई कसरी पास गराउने भन्ने बारे छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply