काठमाण्डौको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस

मंसिर ८, काठमाण्डौ । काठमाण्डौको न्यूनतम तापक्रम आज बढेको छ । हिजो घटेर ८ डिग्री सेल्सियसमा झरेको न्यूनतम तापक्रम आज भने बढेको हो ।

मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस मापन गरिएको छ । गएराति आकाशमा बादल लागेकाले तापक्रम बढेको हो । यस्तै, आज अधिकतम तापक्रम पनि बढ्ने पूर्वानुमान गरिएको छ । आज अधिकतम तापक्रम २१ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको उनले बताए ।

यस्तै, अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो छ । दिउँसो भने धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । केही ठाउँको मौसम भने आज पनि आंशिक बद्ली हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply