दुर्घटनामा गोरखाका विद्यार्थी नेता देवकोटाको मृत्यु

मंसिर ८, गोरखा । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक सुवर्ण देवकोटाको दुर्घटनामा मृत्यु भएको छ ।

पालुङटार नगरपालिका ४ घर भएका देवकोटाको तनहुँको भन्सार भन्ने ठाउँमा मङ्गलवार भएको दुर्घटनामा मृत्य भएको हो ।

डुम्रे जाँदै गरेका देवकोेटा चढेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ना ६ ख ९१३४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी सहायक निरीक्षक डम्बर क्षेत्रीले बताए ।

ठक्करबाट गम्भीर घाइते भएका देवकोटाको डुम्रेको मोती अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि दमौली अस्पताल लैजाने क्रममा मृत्य भएको उनले बताए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संम्बन्धित समचार

Leave a Reply