बसको ठक्करबाट माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज टंकमणिको मृत्यु

मंसिर ८, रुपन्देही । माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडे टंकमणिको दुर्घटनामा मृत्यु भएको छ । दाङ्गको भालुवाङ्गमा भएको कार्यक्रम सकेर गएराति बुटवल फर्कदै गर्दा उनी चढेको लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ७ ख ९०६ नम्बरको बसले जितगढीमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका ५५ वर्षीय बञ्जाडेको बिहान लुम्बिनी सिटी अस्पतालमा निधन भएको माओवादी केन्द्र बुटवलका संयोजक पुष्पराज ढकालले जानकारी दिए । मोटरसाइकल चालक पाल्पा रामपुरका जीतबहादुर थापाको बुटवलको मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मोहन खाँणले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply