मुलुकको बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ : अर्थमन्त्री शर्मा

मंसिर ८, काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।

अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल रहेको शर्माले बताए । भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त भएको उनको भनाइ छ ।

उनले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलित उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको बताए ।

मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको भन्दै उनले ठूला पुर्वाधार निर्माणमा सरकारसँग मिलेर निजी क्षेत्रलाई आग्रह गरे ।

 

संम्बन्धित समचार

Leave a Reply