१० औँ महाधिवेशन: ओलीसहित नेताहरु चितवन जाँदै

मंसिर ९, काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन जाँदै छन् । आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गर्ने कार्यक्रममा उनी सहभागी हुनेछन् ।

ओलीसहितका अन्य केही नेताहरू पनि आजै चितवन पुग्नेछन् । एमालेको १० औँ महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ ।

महाधिवेशनको सबै तयारी पूरा भएको छ । महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ । यो मस्कट महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ ।

संम्बन्धित समचार

Leave a Reply