राप्रपामा नेता लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

मंसिर ९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालगञ्जका मेयरसमेत रहेका नेता धवल शम्शेर राणाको समर्थनमा उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हो ।

काठमाण्डौमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले आम कार्यकर्ता र शुभेच्छुकका लागि उम्मेदवारी घोषणा गरेको बताए ।

उनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै आलोचना पनि गरेका छन् ।

राप्रपाको महाधिवेशन १५ गतेदेखि १७ गतेसम्म काठमाण्डौमा हुँदैछ ।

संम्बन्धित समचार

Leave a Reply