आज सुनको भाउ १०० घट्यो

मंसिर ९, काठमाडौं । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० र तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ छ ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ कायम भएको छ ।

संम्बन्धित समचार

Leave a Reply