प्रदीप यादवले पार्टीको निर्णयलाई सम्मान गर्ने

मंसिर ९,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिबाट निलम्बनमा परेका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पार्टीको निर्णयलाई सम्मान गर्दै थप छानविनका लागि माग गरेका छन् । हिजो सम्पन्न जसपाको कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई पार्टीको अनुशासन विपरित काम गरेको आरोपमा केन्द्रीय समितिबाट निलम्बन गरेको थियो । मन्त्री पद नपाएको भन्दै पार्टीको झण्डा जलाएको, पार्टी कार्यालय तोडफोड गरेको आरोप प्रदीप यादवमाथि छ ।

कारवाहीमा परेका प्रदीप यादवले भने, ‘पार्टीले गरेको निर्णयलाई सम्मान गर्छु तर जुन आरोप ममाथि लगाइएको छ, त्यसको सत्यतथ्य छानविन हुनुपर्छ, म अहिल्यै पनि भन्छु, म गलत छैन, म निर्दोष छु ।’ पार्टीले कारवाही गर्ने निर्णय गरेपनि कार्यकारिणी सदस्य नवराज सुवेदीको अध्यक्षतामा छानविन गर्ने एउटा समिति बनेको छ । त्यसले पुनः घटनाको बारेमा छानविन गर्नेछ । छानविन गरेपछि पार्टीलाई प्रतिवेदन बुझाउनेछ ।’

(Visited 3 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?