स्वरोजगारकर्जा अब बैङ्कबाट समेत लगानी हुने

मंसिर ९,काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगारकोष र गरिमा विकास बैङ्कबीच स्वरोजगारकर्जा लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । बेरोजगार युवालाई बैङ्क, वित्तीय तथा सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउँदै आएको कोषले पछिल्लो पटक बैङ्कमार्फत पनि लगानी परिचालन गर्न बैङ्कसँग साझेदारी गर्न लागेको हो ।

२०६५ सालमा स्थापित स्वरोजगार कोषले यसअघि मूलभूत रूपमा सहकारी संस्थामार्फत लगानी गर्दैआएको भएपनि कोषमा नवनियुक्त कार्यकारी निर्देशक विश्वमोहन अधिकारी आएपछि बैङ्कमार्फत पनि लगानी गर्न लागेको हो । कोषले हालसम्म बैङ्क, वित्तीय तथा सहकारीसंस्थाबाट करिब १० अर्ब ४७ करोड रूपैयाँ कर्जा लगानी गरिरहेको छ ।

जसबाट हालसम्म करिब ८१ हजारभन्दा बढी युवाहरूलाई स्वरोजगार बनेका छन् । त्यस्तै कोषले थप स्वरोजगारिता सृजना गर्नको लागि पछिल्लो पटक गरिमा विकास बैङ्कसँग रू. ५ करोड थोककर्जा लगानीको लागि मङ्सीर ०८ गते सम्झौता गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply