‘एमालेले निमन्त्रणा नगरेकोमा कुनै अपसोच छैन्’ : माधव नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर ९, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ९,काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको चितवनमा भोलिदेखि सुरु हुने १० औँ महाधिवेशनमा आफ्नो पार्टीलाई निमन्त्रणा नगरेकोमा कुनै अपसोच नरहेको बताएका छन् ।

यसबारे सञ्चारकर्मीहरूले प्रश्न गर्दा उनले भने, ‘नजाने गाउँको बाटो नसोध्नु ।’ नेता नेपालले एमालेलाई प्राइभेट कम्पनीको संज्ञा दिँदै अब एमालेसँग कुनै हालतमा एकता नहुने पनि जिकिर गरे । ‘त्यो पार्टी कम्युनिस्ट होइन, त्यहाँ एकता हुन्न,’ उनको भनाइ थियो । उनले पार्टीको झण्डा जनावरको हातमा दिएको प्रति पनि कटाक्ष गरेका थिए ।

कर्णाली प्रदेशमा पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुगेका नेता नेपालले आफूहरूले पार्टीलाई गतिशील बनाउन चाहेको पनि बताए । उनले भने, ‘हामीले विद्रोह गरेका हौँ । हामीले कम्युनिस्ट आन्दोलनको विद्रोहको विरासत बोकेका छौँ ।’

ताजा अपडेट

खोजी गर्नुहोस