आजदेखि कांग्रेसको ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १०, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसीर १०, काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिए ।

चितवनमा भने एमाले महाधिवेशनका कारण कांग्रेसले जिल्ला अधिवेशन सारेको छ । कांग्रेसको अहिलेसम्म ३० जिल्लामा अधिवेशन सम्पन्न भएको छ । अहिलेसम्म अधिवेशन सम्पन्न भएको जिल्लाबाट आएको परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षले १५ जिल्ला सभापति जितेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ जिल्ला सभापति जितेको छ ।

कांग्रेसको विधानअनुसार पार्टीका जिल्ला कार्यसमितिमा सभापति, दुई जना उपसभापति दुई जना सचिव र दुई जना सहसचिव निर्वाचित हुने प्रावधान छ । जिल्ला कार्यसमितिका सबै पदाधिकारी निर्वाचनको माध्यमबाट चुनिने व्यवस्था छ । कोषाध्यक्ष भने पार्टीको जिल्ला सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनित गर्ने प्रावधान छ ।

सदस्य निर्वाचन क्षेत्रका आधारमा कार्यसमितिमा चयन हुनेछ । पार्टीका जिल्ला सभापतिमा निर्वाचित विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस