एमाले १० औं महाधिवेशनको उदघाटन समारोह सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १०, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर १०, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह चितवनमा सुरु भएको छ । उदघाटन समारोहलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सन्चालन गरिरहेका छन् ।

मञ्चमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल लगायतका नेताहरु छन् । भारत लगायतका देशबाट निम्ताइएका विदेशी पाहुनाहरु मञ्चमा आसिन छन् ।

महाधिवेशनको उदघाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै ६ नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ । एमाले महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन पुगेका छन् ।

बिभिन्न स्थानबाट निकालिएका जुलुस उदघाटन समारोहस्थल नारायणी नदी किनारमा जम्मा भएका छन् । नारायणी नदी किनारमा उदघाटन समारोह गरेपछि शनिबारदेखि सौराहमा बन्दसत्र सुरु हुने छ । बन्दसत्रले आगामी पाँच वर्षका लागि एमालेको नयाँ नेतृत्व चयन गर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस