एमाले महाधिवेशनमा १५ विदेशी पाहुना उपस्थित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ मंसिर १०, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा आठ वटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित भएका छन् ।

भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित भएको एमालेले जनाएको छ । यसका साथै २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश समेत प्राप्त भएको पनि एमाले विदेश विभागले जानकारी गराएको हो ।

विदेशी पाहुनाहरूले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथि सत्कार समितिले जानकारी दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनाहरूसँग मङ्सिर १२ गते बिहान चितवनमा संयुक्त ब्रेकफास्ट मिटिङु गर्ने कार्यसूची समेत रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस