‘सहमति वा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन हुन्छ’: अध्यक्ष ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १०, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १०,चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति वा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । उनले दशौँ महाधिवेशनबाट एमालेलाई मात्रै नभइ देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गर्ने उनले बताए ।

चितवनमा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा उच्चस्तरको समझदारी र एकता कायम गरी देशलाई दिशानिर्देश गर्ने नेतृत्व निर्माण गर्ने उल्लेख गरे । महाधिवेशनको बन्द सत्रबाट सुखद सन्देशसहित बाहिरिने उनको भनाइ छ ।

अध्यक्ष ओलीले महाधिवेशनको बन्द सत्रले उच्चस्तरमा सहमति, एकता र लोकतान्त्रिक अभ्याससहित विशेष उदाहरणीय र उल्लासपूर्ण रूपमा सम्पन्न भएर सफलताको सूचनासहित यही मङ्सिर १३ गते पत्रकार सम्मेलनबाट घोषणा गर्ने बताए।

एमालेको दशौँ महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस