कांग्रेस बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानको दाबी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर ११, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाडौँ । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने भएका छन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत १६ र १७ मंसीरमा हुने प्रदेश अधिवेशनका लागि उनले आज उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

“अब प्रदेश नेतृत्वका लागि उम्मेदवारी दिन्छु”, उनले भने, “मैले प्रदेश सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छु ।” आज दिउसो २ बजे शान्ति वाटिकामा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

उनी २०७० को संविधान सभा निर्वाचनमा काठमाडौं-६ बाट निर्वाचित भएका थिए । पूर्व रक्षामन्त्री समेत रहेका प्रधान कांग्रेसको केन्द्रीय सदस्य छन् । प्राध्यापन छोडेर राजनीतिमा आएका उनी नेपाल प्राध्यापक संघका पूर्वसभापति पनि हुन् । नेपाली कांग्रेस काठमाडौंको नेतृत्व गरिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस