भीम रावललाई वरिष्ठ उपाध्यक्षको प्रस्ताव, नेम्वाङलाई उपराष्ट्रपति

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ मंसिर ११, शनिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव राखेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।

ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले जानकारी दिए । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

यता, अध्यक्ष ओलीले सुवास नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेकाछन् । नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँगको छलफलमा नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ । तर, नेताहरुको छलफलमा सहमति भने जुट्न सकेन ।

शुक्रबार केन्द्रीय कमिटीले थपेको पदाधिकारीको व्यवस्थापन गर्न ओलीले होटेल सफारी पार्कमा नेताहरुसँग छलफल गरेका थिए । जसका कारण महाधिवेशनको बन्दशत्र केही समय दिला गरि शुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस