हात जोड्दै भोट माग्दै भीम रावल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ मंसिर ११, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ११, चितवन । नेकपा (एमाले)को जारी १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलले महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न थालेका छन् । महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न भन्दै अध्यक्ष केपी शर्मा ओलीले अनौपचारिक बैठक र छलफल गरिरहँदा रावल भने भोट माग्नमा व्यस्त भएका छन् ।

रावलले बन्दसत्र हलभित्र छिर्न लाइन बसेका प्रतिनिधिलाई हात जोड्दै भोट मागेका हुन् । कुनै हालतमा आफ्नो उम्मेदवारीबाट ब्याक नहुने बताएका रावल प्रतिनिधिको मन जितेर बढीभन्दा बढी मत ल्याउने प्रयासमा रहेको निकटस्थहरुले बताएका छन् ।

अहिले चितवनको सौराहामा एमाले महाधिवेशनको बन्दसत्र जारी छ । अहिले भने रावल बन्दसत्रमा सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस