‘ओलीलाई अधिकार दिने निर्णय मान्दिन्, अध्यक्षमा उम्मेदवारी दिने निश्चित हो’ : भीम रावल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर ११, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ११,चितवन । नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने निर्णय नमान्ने बताएका छन् । उनले आफूले अध्यक्षमा उम्मेदवारी दिने पनि बताए ।

एमालेको दशौं महाधिवेशनको शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने प्रस्ताव गरेका थिए, वन्दसत्रका अधिकांशले ताली बजाएपछि उक्त प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस