जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्‍यु, २७ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १२, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १२, काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्‍यु भएको छ । नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना भएको हो ।

राति २ बजे भएको बस दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी २७ जना घाइते भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस