सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर बिक्रीमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर १२, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १२, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले आजदेखि संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आइतवार एक सूचना जारी गर्दै ४१ हजार ८२७ कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्यक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस