लाभांश पारित गर्न प्राइम कमर्सियलले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर १२, आईतबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाडौं । प्राइम कमर्सियलले बैंक लिमिटेडले १४औं साधारण सभा पुस ६ गते डाकेको छ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बस्ते छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले शेयरधनीहरुलाई सञ्चालक समितिे प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको १६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश गरी कुल १६.६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको नियुक्ति गर्ने, प्रवन्धपत्रको उद्देश्यमा आवश्यक संशोधन गरी उद्देश्य थप गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २१ गतेसम्म कायम शेयरधनीहरु मात्र उक्त सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस