जाजरकोटमा बस दुर्घटना : ५जनाको मृत्यु, २७ जना घाइते

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७८ मंसिर १२, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १२, जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजार जादै गरेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बसमा ३२ जना यात्रु थिए ।

मृत्य हुनेको परिचय खुल्न नसकेको र घाइते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस