ग्लोबल आईएमईको सेयर मूल्य समायोजन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर १३, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १३, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आइएमई बैंक लिमिटेडको बोनश शेयर पछिको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले १० प्रतिशत बोनश शेयर पछिको शेयर मुल्य समायोजन गरी ३३२ रुपैयाँ मुल्य कायम गरेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य ३६५ रुपैयाँ २० पैसाको आधारमा शेयर मूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि हिजो बुकक्लोज गरेसँगै नेप्सेले आज शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २७ गते साधारण सभा गर्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस