‘केन्द्रिय सदस्यसहित सबै जिम्मेवारी छोडेको घोषणा गर्दछु’: लालबाबु पण्डित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १३, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १३,काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले अब पार्टीको सामान्य संगठित सदस्यमात्रै भएर बस्ने बताएका छन् । केपी ओलीले केन्द्रीय सदस्यमा सिफारिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन् ।

एमाले नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए । खास गरी उनले पार्टीको सचिव पदमा मागदाबी गरेका थिए । तर, केपी ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधिकारीको सूचीमा पण्डितको नाम नपरेपछि उनले केन्द्रीय सदस्यसमेत त्यागेर संगठित सदस्यमात्रै रहने घोषणा गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस