एमाले महाधिवेशनमा मतदान जारी, साँझसम्म नतिजा आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १४, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १४, काठमाण्डौ । नेकपा एमालेको १० औं महाधिवेशनमा अहिले नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मतदानको समयसिमा गएराति ९ बजेदेखि नै तय गरिए पनि निर्धारित समयभन्दा सात घण्टा ढिला गरी बिहान ४ बजेबाट सुरु भएको हो ।

अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली, भीम रावलले मतदान गरिसकेका छन् । त्यस्तै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङलगायतका नेताले पनि मतदान गरिसकेका छन् । एमालेले विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था मिलाएको छ ।

विद्युतीय भोटिङ मेसिन प्रयोगका कारण मतदान, मतगणनालगायतका कार्यमा सहज र छरितो हुने भनिएको छ । पदाधिकारीको अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान हुँदैछ ।

महाधिवेशनमा २१ सय ७५ मतदाता छन् । आयोगका अनुसार आज साँझसम्म अन्तिम मत परिणाम आइसक्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस