एमाले महाधिवेशनः ओली आफैंले बनाएको नियम आफैं उल्लघंन

मंसिर १४, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले आफैले बनाएको नियम आफै उल्लंघन गरेका छन् । चितवनमा जारी १० औं महाधिवेशनमा ओली पक्षले आफैंले विधान महाधिवेशनले पारित गराएको प्यानल बनाएर चुनाव लड्न नपाउने नियम उल्लघंन गरेका हुन् ।

एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् । कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर ओली पक्षले वितरण गरेको हो ।

आफ्नो विपक्षी खेमामा रहेका भीम रावल र यसअघि ओलीले बन्दसत्र हलमा वाचन गरेका नाममा मात्र भाट हाल्ने गरी ओली पक्षले सूची महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको हो । एमालेको नयाँ नेतृत्वको दौडमा केपी ओली र भीम रावल रहेका छन् भने पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यको केही पदमा पनि निर्वाचन भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply