मौसमः आंशिक बदली, उच्च भेगमा हिमपात

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ मंसिर १४, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १४, चितवन । हाल देशमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । दिउँसो पनि देशभर आंशिक बदली रहने छ ।

यस्तै, राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस