आइएमई डबलको डबलको डबलका विजेतालाई चेक हस्तान्तरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर १४, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १४, काठमाडौं । आइएमई डबलको डबलको डबल अफरको बम्पर भाग्यशाली विजेतालाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका छन्।

दोलखाको वैतेश्वर गाउँपालिका-३ मैनापोखरीका जीवेश दाहालले उक्त पुरस्कार पाएका थिए। संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत एक लाख ५६ हजार ५५८ रुपैयाँ घर पठाएका थिए। बम्पर पुरस्कारमा दाहालले पठाएको रकमको आठ गुणा बढी अर्थात् १२ लाख ५२ हजार ४६४ रुपैयाँ पाएका छन्।

बम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रापालन विस्तारमा उपयोग गर्ने प्रतिक्रिया दिएका थिए। दाहालका घरपरिवारले दोलखामा बाख्रापालन गरिरहेको ग्रुपले जनाएको छ। ग्रुपले जीवेश दाहालको परिवारकी सदस्य सलिना चौलागाईं दाहाललाई चेक हस्तान्तरण गरेको छ।

आइएमई ग्रुपले २०७८ को ठूला चाडपर्वलाई लक्षित गर्दै ल्याएको आइएमई डबलको डबल अफरका विजेताहरु गत मंसिर २ मा घोषणा गरेको थियो।

असोज १ देखि कात्तिक २६ गतेसम्म कुल ५७ दिनका लागि कायम अफरअन्तर्गत कुल आठ हप्तामा हरेक हप्ता दुई जनाका दरले १६ जना, दुई महिनामा मासिक दुईका दरले चार जना र बम्पर लक्की ड्रमार्फत् एकजना विजेता गरी कुल २१ जना लाभान्वित भएको ग्रुपले जनाएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस