सर्वोच्च अदालतमा गोला प्रथाबाट पेसी तोकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १५, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । सर्वोच्च अदालतमा गोला प्रथाबाट पेसी तोकिएको छ । पहिलो दिन २ वटा एकल इजलाससहित कुल दश वटा इजलास गठन भएका छन् ।

गोला प्रथाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् ।

न्यायाधीश मीरा खड्काको एकल इजलास गठन भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको साथमा न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि परेको छ । तर त्यो इजलास मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको साथमा बमकुमार श्रेष्ठको अर्को संयुक्त इजलास परेको छ । न्यायाधीश डा. कुमार चुडालको एकल इजलास गठन भएको छ ।

त्यसैगरी डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको अर्को इजलास गठन भएको छ । प्रकाशमानसिंह राउन र हरि फूयालको अर्को इजलास गठन भएको छ ।

अर्को इजलास सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको छ । अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस