मंसिर १५, जुम्ला । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै २ जना घाइते भएका छन् ।
कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्जका लागि छुटेको ना ख प ४४३८ नम्बरको बस सिंजा गाउँपालिका १ घोडेङ्गामा दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुलेको छैन । जिल्ला प्रहरी कार्यालय जुम्लाकाअनुसार घटनास्थलतर्फ प्रहरीको टोली गएको छ । घटनाको थप जानकारी आउन बाँकी छ ।