राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु: अध्यक्षमा थापा र लिङ्देन प्रतिस्पर्धामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १५, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो ।

काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको महाधिवेशन प्रचार समिति संयोजक मोहन श्रेष्ठले जानकारी दिए । पर्सिसम्म चल्ने महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुँदैछन् । कुल एक सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित एक सय ४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात ५२ जना नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।

महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन प्रतिस्पर्धामा छन् । तीन जना अध्यक्षमध्ये डा। प्रकाशचन्द्र लोहनीले औपचारिक रूपमा लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । अध्यक्ष थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्दलगायतको साथ रहेको छ । राप्रपाको संविधानसभामा एक सिट छ ।

ताजा अपडेट

खोजी गर्नुहोस