‘युवासँग-महालक्ष्मी लाईफ’ बर्दिवास, जनकपुर,लाहान र गाईघाटमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर १६, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । नव छितिज कलेज बर्दिवासमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते संचालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका उपक्षेत्रिय प्रमुख लालबहादुर थापाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमाको महत्व बारेमा बताएका थिए । सिनियर एजेन्सी मेनेजर रोहन घटानीले संचालन गरेको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

सोही दिन जनकपुरको मोडेल मल्टिपल कलेजमा संचालित बीमा जागरण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा १३० विद्यार्थीको सहभागिता रहेको थियो ।

त्यसैगरी मंसिर १४ गते जेएस मुरारका बहुमुखी क्याम्पस लाहानमा क्याम्पस प्रमुख तुलसीराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका उपक्षेत्रिय प्रमुख लालबहादुर थापा मगरले स्वागत मन्तव्य दिएका थिए । १३० जना विद्यार्थीहरुको सहभागिता रहेको कार्क्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रमको संचालन रोहन घटानीले गरेका थिए ।

मंसिर१५ गते त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा पनि ूयुवासँग९ महालक्ष्मी लाईफू कार्यक्रम सम्पन्न भयो । सहायक क्याम्पस प्रमुख सुभाष पाण्डेको अध्यक्षतामा संचालित प्रशिक्षण कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशन्तराज धमलाले प्रशिक्षण दिएका थिए । ५० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको संचालन उपक्षेत्रीय प्रमुख लालबहादुर थापा मगरले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस