सर्वोच्चमा आज पनि गोला प्रथाबाट तोकियो पेशी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १६, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १६, काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार ढिला गरी पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अनुपस्थितिमा अन्योलका बीच १० वटा इजलास गठन भएका छन् ।

बुधबार इजलास गठन भएको केही घण्टामा नै बारका पदाधिकारीहरुले प्रश्न उठाएपछि कुनैपनि इजलास सञ्चालन हुन सकेको थिएन । बिहीबार कानुन व्यवसायीहरुसँगको छलफलका कारण सर्वोच्च अदालतमा मध्यान्हसम्म पनि पेशी सूची तोकिएको थिएन।

गत सोमबार अपरान्हदेखि सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा इजलास गठन नै प्रभावित बनेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस