ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री थपिए ! बास्कोटाको बढुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १८, शुक्रबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री थपिएका छन् ।

संघीय समाजवादी फोरमलाई समेटेर सरकार विस्तार गर्ने क्रममा प्रधानन्त्री ओलीले दुई उपप्रधानमन्त्री बनाएका हुन् ।

रक्षामन्त्री ईश्वर पोखरेलको उपप्रधानमन्त्रीमा बढुवा भएको छ । यस्तै फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका छन् । दुबैले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका छन् ।

पोखरेलसँगै गृहमन्त्री रामबहादुर थापा बादलले उपप्रधानमन्त्री मागेका थिए । तर, ओलीले उपप्रधानमन्त्री नै नबनाउने अडान दिए । बादल तत्कालीन माओवादी र पोखरेल तत्कालीन एमालेबाट मन्त्री भएका थिए ।

अहिले दुबै दलबीच एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि पोखरेल मात्र उपप्रधानमन्त्री बनेका छन् ।

बास्कोटाको बढुवा

मो। इस्तियाक राईन र गोकुल बास्कोटाले मन्त्रीको सपथ लिएका छन् । राईन संघीय फोरमबाट शहरी विकासमन्त्री बनेका हुन् । बास्कोटा भने मन्त्रिपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री थिए । तर, फोरमबाट मन्त्री थप्दा उनको पनि बढुवा भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस