माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा गर्ने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १६, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा बसेको स्थायी कमिटि बैठकले सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञाभवनमा गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराले भने, ‘स्थायी कमिटीको बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ ।’ प्रवक्ता महराले हालसम्म पार्टीको सदस्यता ८ लाख पुग्ने अनुमान गरिएको बताए । महराले हालसम्म पार्टी सदस्य संख्या ७ लाख ६ हजार ५०० पुगेको जानकारी दिए ।

यस्तै बैठकले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । कतिपय पालिकाहरूमा भने अधिवेशन स्थगित भए पनि आज, भोलिनै सबै सकिने र पालिका अधिवेशनहरू पनि उत्साह पूर्वक अगाडि बढेको निष्कर्ष निकालिएको उनले बताए ।

त्यस्तै, सवै प्रदेशको अधिवेशन मंसिर २५ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने पनि बताए । स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे पुनः बस्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस