पितृको सम्मानमा हुक्कहुक्की पर्व

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७५ कार्तिक २०, मंगलबार (५ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

कात्तिक २०, झापा । पूर्वी तराईका आदिवासी राजवंशी, ताजपुरिया समुदायले हुक्काहुक्की पर्व मनाएका छन्।

पितृहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष तिहारको बेला यो पर्व मनाउने गरिन्छ। गौरादह–८ स्थित वैरातीमा सामुहिक रुपमा हुक्काहुक्की पर्व मनाइएको छ।

कोच समुदायहरुले पुर्खाहरुको सम्झनामा दादो, दादी हुक्का दे र नाना नानी हुक्का ले भन्दै कुसले बाँधी शुद्ध सुन्ठीको हुक्कामा आगो लगाई आकाशतिर फालेर यो पर्व मनाउने गरिन्छ।

गंगाराम ताजपुरियाका अनुसार श्रीकृष्णका पालादेखि औसिया पावनीको अवसरमा तिहारमा लक्ष्मी पूजाको दिनदेखि तीन दिनसम्म यो पर्व मनाइने गरिन्छ। लक्ष्मीपूजा, गोवद्र्धन पूजा मनाउँदै भाइटीकाको दिन यो पर्वको समापन हुने गर्दछ।

हुक्कामा लगाइएको आगो निभेपछि त्यसलाई तीन पटक नाघ्दा रोगहरण हुने ठुटाहरुलाई माटोमुनि गाडेपछि बालीनाली फस्टाउने मान्यता छ। यस्ता मौलिक पर्वहरुलाई आगामी पुस्तासम्म जीवन्त राख्नु पर्ने गौरादह नगरपालिकाका प्रमुख रोहित साह बताउँछन्। उनले भने, ‘पौराणिक कालदेखि चलिआएको जातीय परम्परा, संस्कृतिलाई लोप हुन नदिई भावी सन्ततिका लागि पनि जोगाउन आवश्यक छ।’

ताजा अपडेट

खोजी गर्नुहोस