सार्वजनिक यातायातको क्षेत्रमा भएको समस्या समाधान गरिने : मुख्यमन्त्री पाण्डे

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ मंसिर १७, शुक्रबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

मंसिर १७, हेटौंडा । शुक्रबार सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालको केन्द्रिय अध्यक्ष र पदाधिकारी सहितको प्रतिनिधिमण्डलले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेसंग निवासमै भेटघाट गरेर यातायात क्षेत्रको समस्या समाधानको लागि १३ बुँदे मागपत्र पेश गरेको छ ।

मुख्यमन्त्रीले छलफलको क्रममा यातायात क्षेत्रको कानुनी र नीतिगत समस्या, यातायात व्यवस्थापन प्रणाली, चालक अनुमती पत्र वितरण प्रणाली, सडक संरचनाको सुधार र विस्तार जस्ता क्षेत्रमा देखिएका समस्या समाधानको लागि प्रदेश सरकारले काम गरीरहेको र केही महिनामै जनताले अनुभूत गर्ने प्रकारको परिवर्तन देखिने जानकारी गराए ।

सार्वजनिक यातायात क्षेत्रमा भएको समस्या समाधानका लागि निर्णय गरिने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी मंसिर २४ गतेको लागि बैठक बोलाउन प्रमूख सचिवलाई निर्देशन दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस